धरान-१७ स्थित फोल्याण्डको दिपेन्द्र स्मृति प्राथमिक विद्यालयका विद्याथीहरूलाई उपेक्षित उत्थान सरोकार केन्द्र धरानले शैक्षिक सामाग्री प्रदान गरेको छ ।
केन्द्रले विद्यालयका ३५ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको केन्द्रकी अध्यक्ष रेणुका विश्वकर्माले जानकारी दिइन् । उनका अनुसार कक्षा ४ र ५ का ३० जनालाई प्रति विद्यार्थी ६ वटा कपि र बलपेन वितरण गरेको हो । केन्द्रका सल्लाहकार लालबहादुर विश्वकर्माले विद्यालयमा जेहेन्दार, अनुशासित र आर्थिकरुपमा विपन्न विद्यार्थीलाई अध्ययन गर्न केही राहत मिलोस भन्नेले उद्देश्यले शैक्षिक सामाग्री वितरण गरेको बताए । ।
उनका अनुसार ५ जना विद्याथीलाई अङ्ग्रेजी ग्रामरको किताव प्रदान गरिएको हो । उनले विद्यालयमा अङ्ग्रजी माध्यममा पढाई हुने भएकाले अध्ययन गर्न थप सहज होस भनेर ग्रामर प्रदान गरेको बताए । उनका अनुसार विद्यार्थी छनौट विद्यालयले नै छनौट गरेको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा १ नं. प्रदेशका सांसद उमिता विशवकर्माले समुदायस्तरकाट सञ्चालित विद्यालय उत्कृष्ट भएको बताइन् ।

उनले विदालय शैक्षिक भौतिक विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । विद्यालय व्यवस्थान समितिका अध्यक्ष मिना लावतीले विद्यालयमा सरकारको नजर नपरेको बताइन् । उनले विद्यालयको शैक्षिक, भौतिक विकासका ध्यानाकर्षण गराए पनि सहयोग नपाएको बताइन् । विद्यालयका प्रधानाध्यापक पर्वत सञ्जेलले विद्यालयमा १ सय ७० जना विद्यार्थी अध्ययनरत् रहेको जानकारी दिए । उनका अनुसार अहिले विद्यालयमा स्थायी दरबन्दी एउटा पनि कोटा नभएको बताए । उनका अनुसार विद्यालयमा ३ वटा दरबन्दीका लागि सरकारले अनुदान दिने गरेको छ ।
तर, विद्यालयमा नीजि विद्यालयमा जतिकै गुणस्तरीय शिक्षाका लागि नसंरीदेखि १ सम्म ४ वटा कक्षा सञ्चालनका लागि शिक्षकको अभाव रहेको बताए । उनले भने, ‘नीजि विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन प्रयास गर्दैछौँ । तर राज्यले बन्द गर भन्छ ।’ उनले बालकक्षादेखि मात्रै अध्यापन गराउनु पर्ने नीतिले नीतिसँग प्रतिपस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन नगर भनेको बताए । उनले भने, ‘शिक्षा नीति पनि नीजिलाई प्रोत्साहन गर्र्ने किसिमको भयो ।’ शैक्षिक सामाग्री वितरण कार्यक्रममा केन्द्रकी उपाध्यक्ष सावित्रा परियार,संस्थाका सदस्य ज्ञानबहादुर लामिछाने, प्रमेश विश्वकर्मा, एलिन विश्वकर्मा र संस्थाका संरक्षक शुभद्रा विश्वकर्माको उपस्थिति रहेको कोषाध्यक्ष शिवराम विश्वकर्माले जानकारी दिए ।
