Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको महेन्द्र क्याम्पसका छात्रालाई तत्काल प्याड उपलब्ध गराउन माग

हाम्रो कोशी आवाज
साउन २ २०७९, सोमबार
धरानको महेन्द्र क्याम्पसका छात्रालाई तत्काल प्याड उपलब्ध गराउन माग

धरानः धरान-१० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा तत्काल छात्रालाई सेनेटरी प्याड उपलब्ध गराउन माग गरिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस कमिटीले विज्ञप्ति जारी गर्दै सो माग गरेको हो ।
विभिन्न दाताहरुसँग सहयोग मागेर दुई वर्ष पहिला नै सेनेटरी प्याडको प्रयोजनको लागि भेण्टिङ मेसिन क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेको भएपनि आजसम्म सो मेसिन प्रयोगमा नल्याएको र छात्रालाई सेनेटरी प्याडको उपलब्ध नगराएको भन्दै कमिटीले प्रशासनको ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष शेखर रेग्मीद्वारा जारी विज्ञप्तिमा भेण्टिङ मेसिन तत्काल प्रयोगमा ल्याउँदै छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
एक हप्ताभित्र प्रसासनले बेवास्ता गरे अर्को कदम चाल्ने समेत विज्ञप्तिमा जनाइएको छ । छात्रा रेशु राईले सेनेटरी प्याड नपाएपछि छात्राहरु क्याम्पसमा अनियमित बन्न थालेको बताइन् । महिनावारी हुँदा शारिरीक समस्या हुने र पठनपाठनमै समस्या हुने गरेको उनले बताइन् । ‘महिनावारी हुने समय आएपछि कलेज जाने कि नजाने गएपनि कसरी दिन कटाउने केही समस्या होला कि भन्ने चिन्ताले सताउने गरेको छ’, उनले भनिन्, ‘त्यसैले क्याम्पसबाट हेलचेक्रयाइँ नगरियोस् ।’

प्रकाशित मिति: साउन २ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend