Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

८० वर्षीय वृद्धले लेखे मेयर साम्पाङबारे कविता

हाम्रो कोशी आवाज
साउन ६ २०७९, शुक्रबार
८० वर्षीय वृद्धले लेखे  मेयर साम्पाङबारे कविता

धरानः शुक्रबार साँझ ५ बजे धरानको विजयपुर गीत, कवितामय बनेको छ ।
धरानका मेयर हर्क साम्पाङको आह्वानमा धरान–१४ स्थित विजयपुर चोकैमा लागूऔषध सचेतना कार्यक्रम थियो । कार्यक्रममा मेयर साम्पाङबारे लेखिएका कविता, गीतदेखि लागूऔषध सचेतनाको लागि सचेतनामूलक कविता पनि प्रस्तुत भए ।
कार्यक्रममा ८० वर्षीय वृद्ध पनि विराटनगरदेखि धरानमा कविता सुनाउन आइपुगेका थिए । मेयर साम्पाङको कार्यशैली मन परेपछि रगत उम्लिएर कविता लेखिएको र विराटनगरदेखि कविता सुनाउन आइपुगेको बताउने ८० वर्षीय वृद्ध कवि गोविन्द ढुङ्गानाले मेयर साम्पाङबारे लेखिएको कविता सुनाए । उनले कविता सुनाउँदा धरानबासीले ताली पिटेका थिए । मेयर साम्पाङ पनि आफ्नो तारिफ गरिएको कविता सुनाइँदा गद्गद् बनेका थिए । उनले ‘शुभेच्छा’ शीर्षकमा लेखिएको कविता पस्किएका थिए ।
यस्तै, धरानका सञ्चारकर्मी तिर्थ कार्कीले लागूऔषध सचेतनासम्बन्धी गीत गाएका थिए । उनले गीत गाउँदा तालीको गडगडाहट आवाज सुनिएको थियो । कार्यक्रममा उनको गीतमा दमसमेत रहेको भन्ने आवाज सुनिएको थियो । यस्तै, भानुस्मृति माविका शिक्षक ओमनाथ रिमालले लागूऔषध सचेतना कविता सुनाएका थिए । यस्तै, भवानी चुँडाललगायतले पनि सचेतनामूलक गीत र कविता पस्किएका थिए ।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले प्रत्येक शुक्रबार ५ बजे यस्तो सचेतनामूलक कार्यक्रम गरिने र लागूऔषध सचेतनाका लागि धरानको चोक चोक पुगिने बताए । उनले अर्को हप्ता धरानको पिण्डेश्वरी चोकमा यस्तो सचेतनामूलक कार्यक्रम आयोजना गरिने बताए ।

 

प्रकाशित मिति: साउन ६ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend