Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी छात्रा आयुषा र सहायक प्रिन्सिपल थेबेलाई ऊर्जामन्त्रीद्वारा सम्मान र अवार्ड प्रदान

हाम्रो कोशी आवाज
साउन १३ २०७९, शुक्रबार
धरानकी छात्रा आयुषा र सहायक प्रिन्सिपल थेबेलाई ऊर्जामन्त्रीद्वारा सम्मान र अवार्ड प्रदान

धरानः धरान–१५ स्थित हिविस्कस इङ्लीस बोर्डिङ स्कुलका छात्रा र सहायक प्रिन्सिपललाई सम्मान गरिएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा स्कुलकी कक्षा–९ मा अध्ययनरत छात्रा आयुषा श्रेष्ठ र सहायक प्रिन्सिपल विजयसिं थेबेलाई अवार्डद्वारा सम्मान गरिएको हो । स्कुलकी क्याप्टेन, पब्लिक रिलेसन अफिसर (आइआइयु) समेत रहेकी छात्रा श्रेष्ठलाई डा. एपजी अब्लुत कलाम आउट स्ट्याण्डीङ स्टुडेण्ट अफ दी इयर २०२२ ले सम्मान गरिएको स्कुलका प्रबन्ध निर्देशक गंगाराम राईले जानकारी दिए ।
यस्तै, छात्रा श्रेष्ठ र सहायक प्रिन्सिपल विजयसिंह थेबेलाई उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, भारतीय राजदुतलगायतले उनीहरुलाई सम्मान प्रदान गर्दै अवार्ड प्रदान गरेका थिए ।
भारतका डा. एपेजी अब्लुल कलाको स्मृतिमा हिमाक्षरा भारत र शिक्षालय नेपालको आयोजनामा ‘१४ औं अन्तर्राष्ट्रिय कन्फ्रेन्स २०२२’ काठमाडौंमा आयोजना भएको थियो । २७ जुाई २०२२ मा यो कार्यक्रम आयोजना भएको थियो ।
डा. एपेजी कलाम आउट स्टयाण्डिङ अवार्ड र शिक्षालय नेपालले पूर्व राष्ट्रिपति डा. रामवरण यादवको नाममा प्रेजिडेण्ट अन्तर्राष्ट्रिय एजुकेशन अवार्डको नाममा विश्वभरीका शिक्षक, विद्यार्थी, कलेज, स्कुललाई अवार्ड प्रदान गरिएको थियो ।
यो अवार्डका लागि साउन एसियाका विभिन्न मुलुक कुवेत, साउदी, दुबई, पाकिस्तान, भारत साथै नेदरल्याण्ड, नेपाललगायतका देशका शिक्षकलाई पनि यस्तो अवार्ड दिइने गरिन्छ ।
कार्यक्रममा अधिकांश शिक्षाविद वक्ताले २१ औं शताब्दीमा शिक्षामा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्नेबारेमा धारणा राखेका थिए ।
विद्यार्थीको उपस्थितिमा स्कुलद्वारा पनि सम्मान
शुक्रबार विद्यालय प्राङ्गणमा विद्यार्थीको उपस्थितिमा समेत उनीहरुलाई सम्मान गरिएको थियो । प्रबन्ध निर्देशक राईले छात्रा श्रेष्ठ र सहायक प्रिन्सिपल थेबेलाई खदा र सम्मानपत्रले सम्मान गरेका थिए । कार्यक्रममा आयुषाका अभिभावक राजेश श्रेष्ठ र प्रतिभा श्रेष्ठलाई स्कुलले सम्मान गरेको थियो ।

प्रकाशित मिति: साउन १३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend