धरानः धरानका मेयर साम्पाङ धरधरी रोएका छन् ।
शनिबार बिहान ७ बजेदेखि निशाने खोलामा मेयर साम्पाङले बृक्षारोपणका लागि आह्वान गरेका थिए । सोंचेभन्दा धेरै जनता आँप, लिची, कटहरलगायत मखमली, सयपत्री फूलको विरुवा पनि बोकेर पुगेका थिए ।
बृक्षारोपण सकेर फर्किने क्रममा मिस धरानका प्रतिस्पर्धी सुन्दरी युवतीहरु पनि त्यहाँ पुगेका थिए । उनले पत्रकारहरुसँग कुरा गर्दै थिए । त्यतिबेला उनले जोडदाररुपमा प्रेरणादायी भनाइहरु पस्किरहेका थिए । त्यतिबेला उनले भनेका थिए– म के प्रेरणा दिन्छु भने मेरो एउटा गीत छ, देश सोच्न सकौं, देश बोल्न सकौं, देशकै निम्ति भनिरहँदा उनी भावुक बने । त्यसपछि देशकै कर्म गर्न सकौं, देशकै निम्ति मर्न सकौं केहीबेर धरधरी रोए । उनी भक्कानिएपछि एकाएक सन्नाटा छाएको थियो । उनले भनेपनि देश सोच्नुहोस्, देशकै लागि मर्नुहोस्, त्यसपछि जनताले जोडले ताली पिटे ।
हर्षको आँशु झरेको उनले बताए । आफू सानो मान्छे भएपनि जनताले असाधारण ठानेको, देशविदेशदेखि भेट्न र सहयोग गर्न आउनेको लर्को लागेको देखेर आफू भावुक बनेको उनले प्रतिक्रिया दिएका छन् ।
त्यसपछि उनले बीपी पार्क छेऊमा वृक्षारोपण गरेर घर फर्किए ।