Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आदर्श: विद्यार्थीको रोजाइमा

हाम्रो कोशी आवाज
साउन १७ २०७९, मंगलबार
धरान आदर्श: विद्यार्थीको रोजाइमा

धरानः धरान–१ मा रहेको धरान आदर्श माध्यमिक विद्यालयले एसइई उत्तीर्ण विद्यार्थीहरुको प्रवेश परीक्षा लिएको छ ।
कक्षा–११ को लागि मङ्गलबार पहिलो चरणको प्रवेश परीक्षा आयोजना गरिएको एकेडेमिक डाइरेक्टर मोहन पोख्रेलले जानकारी दिए ।
साइन्स कोअर्डिनेटर सोभित यादवले ५३६ विद्यार्थीले प्रवेश परीक्षाका लागि निवेदन दिएको र मङ्गलबार ४७१ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएको जानकारी दिए । ‘धेरै टाढादेखि पनि विद्यार्थी आउने अवस्था थियो तर वर्षाका कारण अन्य विद्यार्थी अनुपस्थित रहे, उनीहरुलाई लागि दोस्रो चरणको परीक्षामा सहभागी गराइनेछ ।’
उनले आदर्शमा मोरङ, धनकुटा, तेह्रथुम, उदयपुर लगायतका जिल्ला प्रथम र स्कुल प्रथम विद्यार्थीहरुले अध्ययन गर्ने गरेको बताएका छन् । विशेषतः यहाँ एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी भर्नाका लागि आइपुगेको उनले जानकारी दिए । धरान आदर्शमा म्यानेजमेन्ट र साइन्स सङ्कायको छुट्टाछुट्टै भवनको रहेको छ भने सुविधासम्पन्न छात्रावासको समेत सुविधा रहेको उनले जानकारी दिए । कलेजका विद्यार्थीले अहिलेसम्म प्रदेश १ मै उत्कृष्ट नतिजा निकाल्दै आएको उनले बताए । ‘खासमा विद्यार्थी, अभिभावक र अध्यापकहरुको अथक मिहिनेत, परिश्रमले हाम्रा विद्यार्थीको अहिलेसम्मको नतिजा हेर्दा उत्कृष्ट निकाल्दै आएका छन्, यसमै हामीले गर्व गर्ने ठाउँ रहेको छ ।’ उनी भन्छन् ।
उनले साउन अन्तिम सातादेखि कक्षा सञ्चालन गरिने समेत जानकारी दिए । विगत १० वर्षदेखि निरन्तररूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको आदर्श धरानमा नै सबै भन्दा धेरै संकाय सञ्चालन गर्ने तथा सबैभन्दा धेरै विद्यार्थीहरू कक्षा ११ र १२ मा उत्तीर्ण गराउन सफल निजी विद्यालय रहेको उनको दावी छ ।
कलेजले विद्यालय, जिल्ला टपर, दलित, जनजाति, मधेशी, मुस्लिम, अपाङ्ग, शहिद, एकल महिला, गरिब र पिछडिएकाहरुलाई पनि विशेष प्राथमिकता दिने उनले जानकारी दिए । त्यस्तै, प्याब्सन, एनप्याब्सनबाट रेफर गरिएका विद्यार्थीलाई विशेष सहुलियत र छात्रवृत्ति दिइने उनी बताउँछन् । छात्रवृत्ति बाहेक स्पेशल छात्रवृत्ति पनि प्रदान गरिने उनले जानकारी दिए ।
विद्यालयले कमजोर विद्यार्थीहरूको लागि अतिरीक्त कक्षाको व्यावस्था गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई बोर्डमा ल्याउनका लागि काउन्सेलिङ तथा थप कक्षाको व्यवस्था गरीएको उनी बताउँछन् ।
धरान आदर्श विद्यार्थीको रोजाइमा
विगत वर्षहरुमा उत्कृष्ट नतिजा, चाहेको सबै विषय एकैठाउँ पठनपाठन, अनुभवी, अध्यापकहरु, ‘टपिक्सवाइज’ प्राक्टिकल शिक्षा, धरानभरी बसको व्यवस्था आदि कारणले धरान आदर्श विद्यार्थीको रोजाइको कलेज बन्न सफल भएको साइन्स कोअर्डिनेटर यादव बताउँछन् ।
उनले विद्यार्थीलाई स्पेशल कक्षा, काउन्सेलिङ कक्षा, मनोविज्ञान, क्षमताअनुसार स्पेसिल काउन्सेलिङ कक्षाको व्यवस्था गर्दै आएको बताए ।
एकेडेमिक डाइरेक्टर पोख्रेलका अनुसार आदर्शमा धेरै विद्यार्थी पठनपाठनमा अब्बल रहेको र नतिजा पनि उत्कृष्ट निकाल्दै आएको बताए । उनले यहाँ उत्पादित विद्यार्थी त्रिभुवन युनिभर्सिटीलगायत राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सहजै नाम निकाल्न सफल हुँदै आएकोले गर्व गर्ने ठाउँ रहेको बताए । उनले विद्यार्थीहरूको मनोविज्ञान अनुसार पठनपाठन गरिने हुनाले पनि कलेजले सफलता हासिल गर्दैै गएको समेत बताए । ‘पठनपाठन उत्कृष्ट हुँदा नतिजा पनि उत्कृष्ट हुने हो’, उनले भने, ‘धरान आदर्शमा अहिलेसम्मको नतिजा हेर्दा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा पुगेर विद्यार्थीले नाम निकालेको पाउँदा हामी अत्यन्त हर्षित र गौरवान्वित छौं ।’ कलेजले अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएको उनले जानकारी दिए । खेलकुद, गीतसङ्गीतको कक्षाको व्यवस्था पनि आदर्शले गर्ने गरेको छ ।
धरान आदर्शमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरीजम, एजुकेशन, ह्युम्यानिटीज, सोसल साइन्सेज, टुरिजम एण्ड माउन्टेन, फुड एण्ड न्युट्रीसन र कम्प्युटर साइन्स संकायको पठनपाठन हुँदै आएको छ ।
एसइईमा उत्कृष्ट नतिजा
यसवर्ष धरान आदर्शबाट मात्रै एसइईमा सहभागी भएर ३ जना ए प्लस, २७ जना ए, ४ जना बि प्लस नतिजा ल्याएको फाइनान्स डाइरेक्टर फडिन्द्र थापाले जानकारी दिए ।

 

प्रकाशित मिति: साउन १७ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend