Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपीमा जटिल शन्यक्रिया

हाम्रो कोशी आवाज
साउन १९ २०७९, बिहिबार
धरानको बीपीमा जटिल शन्यक्रिया

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ केजी वजनको ट्युमरको जटिल शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ ।
सप्तरी निवासी ५५ वर्षीय एक पुरुषको गत २०७९ साउन ९ गते शल्यक्रिया भएको थियो । निजको पेटको पछिल्लो भागमा रहेको ९ केजी वजनको ट्युमरको शल्यक्रिया जीआई सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा. कुणालविक्रम देवको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको हो । उनी २०७९ असार ३१ गते भर्ना भएका थिए ।
सामान्यतयाः सो रेट्रोपेटोनियल टयुमर पेटको पछिल्लो भागमा रहेको सर्जरी जटिल मानिन्छ । बिरामीको शल्यक्रियामा ट्युमरका साथै मृगौलाबाट आएको पिसाबको नली पनि काटेर जोड्नु परेको साथै बायाँ भाग बाँध्नु परेको थियो ।
सफल जटिल शल्यक्रियाका लागि मल्टिडिसिप्लेनरी टिम एप्रोज तरिकाबाट डा. कुणालविक्रम देवको नेतृत्वमा जीआई सर्जरी विभागबाट प्रा.डा. शैलेश अधिकारी, डा. सुजन गौतम, डा. रतिस कर्ण, डा. सुस्मित शर्मा, युरोलोजीबाट डा. आवाज काफ्ले, कार्डियोथोरासिक भास्कुलर सर्जरीबाट डा. विजय साह संलग्न थिए । एनेस्थेसिया विभागबाट प्रा.डा. आशिष घिमिरेको नेतृत्वमा डा.अरुण मण्डल, डा. सुजन पुन रहेको र नर्सिङका टिममा गीता विक., रेनुका चौधरी र शोभा राईको संलग्नता थियो ।
यसप्रकारको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्न एक कुशल टिमको सहभागिता तथा भूमिका अपरिहार्य पर्ने हुन्छ र सोही बमोजिमको एक कुशल टिमको सहभागिताले यो शल्यक्रिया सम्पन्न भई आईसियुको २ दिनको बसाइ र सर्जरी वार्डको ६ दिनको बसाईपछि बिरामी निको भई साउन १७ गते सकुशल डिस्चार्ज भएका छन् ।
विगत ५ महिनादेखि विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि अल्मलिरहेको बिरामी र उनका आफन्तलाई यस प्रकारको शल्यक्रिया नेपालमा सायद सम्भव नरहेको लागेको रहेछ । तर यस प्रतिष्ठानमा ग्यास्ट्रो सर्जन डा. कुणाल विक्रम देवको सल्लाह र बिरामी प्रतिको सद्भाव देखेर यस प्रकारको शल्यक्रिया यसै अस्पतालमा सम्पन्न हुने विश्वास लागेको र उपचार पश्चात बिरामी राम्ररी खान बस्न र हिँड्न सक्ने भएपछि विश्वास वास्तविकतामा परिणत भएकाले आफूहरु धेरै नै खुशी लागेको आफन्तले बताएका छन् । धेरै घरायसी खर्च गरेर विदेशको महङ्गो अस्पतालमा हुने जटिल शल्यक्रिया सर्वसुलभ तरिकाले कम खर्चमा यही नै सम्पन्न भएकोले प्रतिष्ठानप्रतिको विश्वास अझै बढेको सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: साउन १९ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend