Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शैक्षिक गन्तव्य बन्दै धरान मेघा कलेज

हाम्रो कोशी आवाज
साउन २२ २०७९, आइतबार
शैक्षिक गन्तव्य बन्दै धरान मेघा कलेज

पछिल्लो समय धरानमा बग्रेल्ती निजी लगानीमा शैक्षिक संस्थाहरु खुलेका छन् । खुलेकामध्ये अधिकांश शैक्षिक संस्थाको नाम चर्चामा छैन, औंलामा गन्न सकिने शिक्षण संस्थामात्र चर्चामा छन् ।
ती मध्ये एक हो, धरानको मेघा कलेज । मेघा कलेजले सञ्चालनमा आएदेखि नै नतिजामुखी परिणाम दिँदै आएको छ । शैक्षिक गतिविधिमात्र हैन कलेजले विद्यार्थीहरुले अन्य क्रियाकलापमा समेत उल्लेख्य सफलता प्राप्त गरेका छन् । वि.सं. २०६६ सालमा नीजि क्षेत्रबाट शैक्षिक क्षेत्रमा केही गर्ने उद्देश्यले युवा जोश जागर भएका प्राज्ञिकहरुद्वारा सञ्चालनमा आएको मेघाले १३ बर्षको अवधिमा उल्लेख्य फड्को मारेको छ । यहाँ अध्ययन गरेर गएका विद्यार्थीहरु हरेक कुरामा अब्बल मानिन्छन् ।
यो कलेज उत्कृष्ट हुनका लागि यहाका प्राज्ञिकहरुले धेरै मेहनत गरेका छन । १३ बर्षसम्म आइपुग्दा नीजी क्षेत्रबाट यति धेरै फड्को मा¥यो नीजि क्षेत्रबाट सञ्चालित मेघाले प्लस टुमा फुड एण्ड न्युटे«सनमा शंकायमा समेत विद्यार्थीहरुले अध्ययन गराई यी क्षेत्रमा दक्ष जनशक्ति तयार गर्ने काम शिक्षा क्षेत्रमा कोशेढुंगा सावित भएको छ ।

यो मात्र मेघाले गरेको उपलब्धी भने होइन अहिले होटल मेनेजमेन्ट र विज्ञान संकायमा समेत ठूलो फड्को मारेको छ । यो कलेजमा पढ्ने विद्यार्थीहरुले विज्ञान तथा म्यानेजमा लागि नगरकै उत्कृष्ट ल्याव तथा प्रयोागशालामा विद्यार्थीहरुलाई प्राक्टिस गराइन्छा । डेढ करोड भन्दा बढी लगानीमा सञ्चालनमा ल्याएको ल्याब तथा प्रयोगशालाका कारण यहाँ अध्ययनरत विद्यार्थी मात्र हैन अभिभावकहरु समेत शिक्षाको गुणस्तरबाट सन्तुष्ट देखिन्छ । यसको प्रमुख कारण यो कलेजमा शैक्षिक क्षेत्रमा लामो समय देखि अनुभवप्राप्त दक्ष जनशक्तिसँगै काठमाण्डौमा रहेको नेम्स, पिइए, ह्वाइट हाउस, गोल्डेन गेट जस्ता शैक्षिक संस्थाहरुमा अध्यापन गराइसकेका दक्ष जनशक्तिद्वारा अध्यापन गराइने एक मात्र कलेज भएकै कारण विद्यार्थी तथा अभिभावहरु यो कलेजको शैक्षिक गुणस्तरमा दंग छन् ।
शैक्षिक गुणस्तरको दृष्टिले वर्तमान समय तीव्र प्रतिस्पर्धाको समय हो । यो आधुनिक शिक्षण प्रणाली र ज्ञानको तीव्र प्रतिस्पर्धामा आफूलाई अद्योपान्त स्थापित गराइराख्नमा मेघा कलेजका प्राज्ञिक व्यक्तित्व, प्राध्यापक, व्यवस्थापन पक्ष सबल र सक्षम हुनु नै हो । त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेघा कलेजमा तथा प्लस टू समयानुकूल शैक्षिक प्रणालीमा देखिएको परिवर्तनको अपेक्षाअनुसार अगाडि लाने उद्देश्यले मेघा कलेज अब नयाँ पुस्तामा हस्तान्तरण भएको छ ।
धरानका ‘योङ एण्ड एनर्जेटिक’ एकेडेमिक व्यक्तित्वहरूको व्यवस्थापनमा धरान मेघा कलेज आइपुगेको छ । विज्ञान र प्रविधिको नयाँ आयामसँग साक्षात्कार युवाहरूद्वारा सञ्चालित मल्टिमिडिया प्रेजेण्टेसनद्वारा अध्यापन गराइने कलेज जिल्लाकै पहिलो शैक्षिक संस्था हो । वि.सं. २०७३ सालदेखि नयाँ पुस्तामा हस्तान्तरण भए पछि धरान मेघा कलेजले नयाँ व्यवस्थापनमा आएको दोस्रो वर्षमै बीबीएसतर्फ धरानकै सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल भयो ।
कलेजमा प्लस टु तर्फ साइन्स, फुड न्युट्रिसियन र डायटिसियन, कम्प्युटर साइन्स, मेनेजमेन्ट (कमर्श) र होटल मेनेजमेन्ट तथा कानुन संकायको अध्यापन गराईरहेको छ भने त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई बिबिएसको अध्यापन गराउदै आएको छ ।
बीबीएसमा दोस्रो वर्षमै धरानमा उत्कृष्ट नतिजा ल्याउन सफल मेघा कलेज ‘प्लसटु’ तर्फ विभिन्न स्थानीय विद्यालय सँग सहकार्य समन्वय गर्दै आएको छ । विभिन्न विद्यालयका संचालकहरुको सामुहिक सहकार्य र लगानीमा धरान मेघा कलेज संचालनमा छ ।
प्लसटु र बीबीएसतर्फ धरान मेघा कलेजले शैक्षिक क्रियाकलापमा मात्र होइन अतिरिक्त क्रियाकलाप र सहकार्यकलापमा समेत वैज्ञानिक र आधुनिक प्रविधिको प्रयोगलाई जोड दिएको छ । मल्टिमिडिया क्लास र अनिवार्य कोचिङ क्लाससँगै विषय विशेषज्ञ (गेस्ट लेक्चरर) हरु द्वारा अध्यापनको व्यवस्था गरेको छ । जसले कोर्षभन्दा बाहिरका अनुभवका विषयलाई विद्यार्थीसँग ‘सेयरिङ’ गर्दछ । हाइकिङ, एजुकेश्नल टुर, इन्डस्ट्रियल टुर, विजनेश टुर पनि मेघा कलेजका विशेषता हुन् । ‘यी सहकार्यकलापले विद्यार्थीमा ज्ञानको दायरा फराकिलो पार्ने गर्दछ । मेघा कलेजले विद्यार्थीको रुचीअनुसार अतिरिक्त कृयाकलाप र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: साउन २२ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend