धरानः लायन्स क्लब अफ धरान पञ्चकन्याले बालबालिकालाई स्टेशनरी सामग्री प्रदान गरेको छ ।
लायन्स क्लब अफ नेपालको ५२ औं स्थापना दिवसका अवसरमा सामाजिक कार्यअन्तर्गत सो सामग्री वितरण गरिएको अध्यक्ष एक्ता श्रेष्ठले जानकारी दिइन् ।
धरानका विभिन्न पाँचवटा विद्यालय र सामाजिक संस्थाका विद्यार्थीहरुलाई स्टेशनरी सामानहरु वितरण गरेर स्थापना दिवस दिवस मनाएको उनले जानकारी दिइन् ।
धरान–१७ स्थित सयपत्री बाल विकास केन्द्र, दन्तकाली स्कुल धरान–१४, नेपाल बसोबास वस्ती संरक्षण समाज, धरान पोजिटिभ समूह र गृह श्रमिक महिला ढाका उद्यमी समाज नेपालको मातहतमा रहेका विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरिएको थियो ।
क्लबले दुई हजार ५ सय थान कापी र अन्य स्टेसनरी सामान प्रदान गरेको थियो । सहयोग सामग्री कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गर्भनर लायन्स धीरज गुरुङ पिएमजिएफ, फस्ट लेडी लायन्स रेखा गुरुङ, एरिया चिफ लायन्स कविता लिम्बू, युवा व्यवसायी सम्राट श्रेष्ठलगायतले ती सामग्री वितरण गरेका थिए ।
तस्वीरहरुः विकास चाम्लिङ राई


