धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीमा अध्ययरत छात्राले चिल्ड्रेन टयालेन्ट हन्टमा प्रतिभा देखाएर २० हजार रुपैयाँ जितेपछि स्कुलले सम्मान गरेको छ ।
कक्षा–४ मा अध्ययनरत १२ वर्षीया एलिना मास्केले सो प्रतियोगितात्मक कार्यक्रममा आफ्नो प्रतिभा देखाएर फस्ट रनरअपसँगै २० हजार नगद प्राप्त गर्न सफल बनेको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । सोमबार स्कुल प्राङ्गणमा विद्यार्थीकै अगाडि उनलाई सम्मान गरिएको थियो ।
स्कुलका प्रिन्सिपल राई, डाइरेक्टर प्रदीपकुमार राई, प्लस टु कोअर्डिनेटर टपकुमार राईलगायतले अभिभावककै उपस्थितिमा उनलाई सम्मान गरिएको थियो । सुनाखरीमा पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले सक्दो ध्यान दिने गरेको र यहाँका नानीहरुले प्रतिभा पस्किएरै पुरस्कार समेत जित्दै आएको प्रिन्सिपल राईले जानकारी दिए ।
सुनाखरीका विद्यार्थीले खेलकुद, नृत्य, गायन साथै अन्य प्रतिभा प्रष्फुटनमा खरो उत्रिँदै सफलता हासिल गर्दै आएका छन् ।

