Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्वास्थ्यमन्त्री खापुङद्वारा धरानको बीपी प्रतिष्ठानमा निरीक्षण

हाम्रो कोशी आवाज
भाद्र ५ २०७९, आइतबार
स्वास्थ्यमन्त्री खापुङद्वारा धरानको बीपी प्रतिष्ठानमा निरीक्षण

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिष्ठानका सहकुलपति भवानीप्रसाद खापुङले निरीक्षण गरेका छन् ।
निरीक्षणको क्रममा माननीय मन्त्रीज्यूले प्रतिष्ठानको निर्माणाधिन मातृशिशु भवन तथा अंकोलोजी, कार्डियोलोजी भवन निर्माणस्थलमा गई त्यहाँको वस्तुस्थितिबारे जानकारी लिए । यसैक्रममा उनले निर्माणाधीन सिटिभिएस अपरेशन कक्ष र विस्तारित ३० बेड आइसियू कक्षको पनि निरीक्षण गरे । त्यस्तै, उनले प्रतिष्ठानमा हालसालै थप गरिएको २० बेडको डायलाइसिस यूनिटको पनि अवलोकन गरेका थिए ।
उनीसँगै प्रतिष्ठानका पदाधिकारीहरु, सम्बन्धित विभागका प्रमुखहरुलगायत स्वास्थ्य सचिव डा. रोशन पोखरेल, स्वास्थ्य मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलका साथै मन्त्रालयका अन्य पदाधिकारीहरु समेत सम्मिलित थिए ।

पटक पटक विज्ञापन गर्दा पनि प्रतिष्ठानमा रेडियोलोजिस्ट चिकित्सकहरुको आवेदन नपरी उत्पन्न जनशक्ति अभावका कारणले गर्दा बिरामीहरुलाई दिइने सेवामा हुने गरेको केही ढिलाइका बारेमा अस्पताल निर्देशक डा.जगतनारायण प्रसादले अवगत गराएका थिए ।
उनले प्रतिष्ठानको फार्मेसी निरीक्षण गर्नुका साथै प्रतिष्ठानको थप सुधार एवं विकासका निम्ति मन्त्रालय सधै सकारात्मक भएकोले आवश्यक सहयोगका लागि सधै तत्पर रहेको समेत बताए ।
विगतमा जे जस्तो भएको भएता पनि आउँदा दिनहरुमा सबै सरोकारवालाहरु एकजुट भएर अगाडि बढ्दै प्रतिष्ठानको हितमा कार्य गर्न उनले सुझाए । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानमा अङ्ग प्रत्यारोपण केन्द्र बनाउने योजना रहेकोबारे उल्लेख गर्दै सो का लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा दक्ष जनशक्ति उपलब्ध गराउने सन्दर्भमा मन्त्रालय सकारात्मक रहेको र मन्त्री खापुङले समेत प्रक्रिया अगाडि बढाउन सुझाको बताए ।
कार्यक्रममा विगत केही समयदेखि घोपा बचाउ अभियानका नाममा भइरहेको आन्दोलनका अधिकांश मागहरु पूरा भइसकेको र केही दीर्घकालीनरुपमा पूरा हुने मागको सम्बोधन बारे त्रिपक्षीय रुपमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्पmबाट स्वास्थ्य मन्त्री, प्रतिष्ठानका उपकुलपति तथा अभियानका संयोजक समेत गरी ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिएको सहप्रवक्ता डा.चुरामणी पोख्रेलले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र ५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend