Hamro Koshi Aawaj

बिहिबार, साउन १४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरी एकेडेमीमा नृत्य र गायन प्रतियोगिता

हाम्रो कोशी आवाज
भाद्र ७ २०७९, मंगलबार
धरानको सुनाखरी एकेडेमीमा नृत्य र गायन प्रतियोगिता

धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीमा नृत्य र गायन प्रतियोगिता आयोजना भएको छ ।
सुनाखरी बाल क्लबले स्कुलकै विद्यार्थीबीच नृत्य र गायन प्रतियोगिता आयोजना गरेको हो । नृत्य प्रतियोगितामा सिनियरतर्फ नोरिना मग्रान्ति पहिलो, साइसा राई दोस्रो, सर्मिना राई तेस्रो र किरण राई सान्त्वना बनेका छन् ।
यस्तै, जुनियरतर्फ एलिना मास्के प्रथम, आयुषा केदेम द्वितीय, आस्ना राई तृतीय र सरिना लिम्बू चौथो बनेका छन् ।
यस्तै, गायन प्रतियोगितातर्फ सिनियरतर्फ निलिमा राई, अनिष राई, विनिशा राई क्रमशः पहिलो, दोस्रो र तेस्रो बनेका थिए । जुनियरको गायन तर्फ दोस्रो हुने दुई जना
यस्तै, जुनियरतर्फ कल्पना राई, सुभम भण्डारी, सबल सुवेदी, उत्सव कार्की र जेयल राई (तीनजनाले एकैचोटी गाएको) क्रमशः पहिलो, दोस्रो र तेस्रो बनेका छन् ।
यसैबीच सोमबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीमाझ उनीहरुलाई पुरस्कार प्रदान गरिएको छ । स्कुलका प्रिन्सिपल मिलनकुमार राई, अध्यापक आनन सुब्बालगायत शिक्षकहरुले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा धरान–१२ का कार्यवाहक वडाध्यक्ष ब्रम्हज्ञ भट्टराई स्काउट सुनसरीका प्रशिक्षक हरिकृष्ण श्रेष्ठ, सामाजिक अभियन्ता मेयरमान हयुज लगायतको उपस्थिति थियो ।
कार्यक्रममा विदेशी शिक्षकको टोली पनि कार्यक्रममा उपस्थित थिए । उनीहरुले करिब हप्तादिन सो स्कुलमा अध्यापन समेत गरेका थिए । विदेशी शिक्षकले ‘लर्निङ विथ एक्सन’ मेथडबाट विद्यार्थीहरुलाई सिकाएका थिए । उनीहरुले विद्यार्थीलाई नाच्दै, गाउँदै पढाउँदा विद्यार्थीको लागि फलदायी भएको प्रिन्सिपल राईले जानकारी दिए ।
यसैबीच प्रतियोगितात्मक कार्यक्रमपछि उनीहरुलाई विदाइ समेत गरिएको प्रिन्सिपल राईले जानकारी दिए ।

 

प्रकाशित मिति: भाद्र ७ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend