Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी सुमिना राईले उपाधिसँगै ५० हजार जितेपछि सम्मान

हाम्रो कोशी आवाज
भाद्र १८ २०७९, शनिबार
धरानकी सुमिना राईले उपाधिसँगै ५० हजार जितेपछि सम्मान

धरानः युनाइटेड डान्स एकेडेमी धरानद्वारा आयोजित जुनियर ट्यालेन्ट हन्ट–२०२२ कि बिजेता सुमिना राईलाई विद्यालयले सम्मान गरेको छ ।
स्कुलका अध्यक्ष भवानी उप्रेती र प्रिन्सिपल पूर्णचन्द्र ढकालले सुमिनालाई अबिर, खदा र सम्मान–पत्रले सम्मान गरे । सम्मानपछि सुमिनाले बिजेता भएकोमा खुशी लागेको बताउँदै सबैलाई धन्यवाद ब्यक्त गरिन् । धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा आइतबार आयोजित ग्रान्ड फिनालेमा धरान–८ स्थित विद्याभूषण स्कुलमा कक्षा–६ मा अध्ययनरत् छात्रा सुमिना राई बिजेता भएकी थिइन् । सुमिनाले ५० हजार रुपैयाँ नगद, काठमाण्डौ आवतजावत गर्नको लागि हवाइ टिकट लगायत अन्य गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
धरान–११ का बुवा श्रीकुमार राई र आमा विष्णु राईकी छोरी सुमिना पढाइमा समेत मेधावी र मिहिनेती रहेको स्कुलका अध्यक्ष भवानी उप्रेतीले जानकारी दिए । धरानका १८ वटा अन्य सहभागी विद्यालहरुलाई उछिन्दै सुमिना बिजेता हुनु खुशीको कुरा भएको अध्यक्ष उप्रेतीले बताए ।
गत साल चैत्रमा विराटनगरमा आयोजित मिष्टर र मिस लिटल कोशीमा समेत सुमिनाले भाग लिएर मिस ट्यालेन्ट र मिस पपुलरको उपाधि जितेकी थिइन् ।
अभिभावक, विद्यालय र विद्यार्थीको अथक प्रयासले सुमिनाले यो उपलब्धी हासिल गरेको स्कुलका प्रिन्सिपल ढकालले बताए । स्कुलमा अवसर नपाएका धेरै प्रतिभावान विद्यार्थीहरुलाई विद्यालयमा अबसरको लागि प्लेटफम दिइने र विद्यालय बाहिर हुने विभिन्न प्रतियोगीताहरुमा पनि सहभागी गराइने प्रिन्सिपल ढकालले बताए ।

प्रकाशित मिति: भाद्र १८ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend