Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शिक्षा क्षेत्रमा लगानी बढाउन मेयर साम्पाङको माग

हाम्रो कोशी आवाज
भाद्र २४ २०७९, शुक्रबार
शिक्षा क्षेत्रमा लगानी बढाउन मेयर साम्पाङको माग

धरानः धरान-१९ स्थित किरातेश्वर माविको ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै मेयर साम्पाङले शिक्षा क्षेत्रमा सरकारले लगानी बढाउन माग गरेका छन् । ‘सरकारी स्कुलमा विद्यार्थी पुग्दा टिनको छाना चुहिरहेको हुन्छ, सङ्घीय सरकारले शिक्षामा यथेष्ट बजेट छुट्याउनुपर्छ’, उनले भने ।
उनले धरान उपमहानगरपालिकाले लागूऔषधविरुद्धको अभियान चलाइरहेको र धरानलाई दुव्र्यसनमुक्त बनाउन विद्यालयले पनि सहयोग गर्न आग्रह गरे । उनले विद्यालयले पनि हप्तामा एकपटक लागूऔषध दुव्र्यसनविरुद्धको सचेतना फैलाउन आग्रह गरे ।
उनले धरान उपमहानगरपालिकाले विद्यालयलाई स्रोत साधनले भ्याएसम्म सहयोग गर्ने बचन पनि दिए । ‘विद्यालयको स्तरोन्नतिका लागि के कति सहयोग गर्न सक्छौं, उपमहानगरपालिकाले स्रोत साधनले भ्याएसम्म सहयोग गर्छ’, उनले भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देउमान ताप्मादेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश शाह, ब्रिटिस वेलफेयर अफिस धरानका सिनियर एरिया वेलफेयर अफिसर क्याप्टेन पूर्णप्रसाद लिम्बू, धरानका अधिकांश सरकारी स्कुलका प्रधानाध्यापकलगायतको उपस्थिति थियो ।
विद्यालयका प्रधानाध्यापक डा. योगेन्द्र पालुङवाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै लाहुरे समुदायले विद्यालयको भवन निर्माणका लागि सहयोग गरेको बताए । कार्यक्रममा विद्यार्थीको स्काउट टोलीको मार्च पास गरेका थिए भने विद्यार्थीले गीत र नृत्यले अभिभावकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: भाद्र २४ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend