Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको हिविस्कस स्कुलमा पुरस्कार वितरण

हाम्रो कोशी आवाज
भाद्र ३० २०७९, बिहिबार
धरानको हिविस्कस स्कुलमा पुरस्कार वितरण

धरानः धरान-१५ स्थित हिविस्कस इङ्लीस बोर्डिङ स्कुलमा पुरस्कार वितरण तथा विद्यार्थीको प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
स्कुल प्राङ्गणमा अभिभावकको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीले कल्चरल फेसन शोदेखि अन्य प्रतिभा पस्किएका छन् । ५८ औं बाल दिवसका अवसरमा यस्तो कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा स्कुलमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारम, अभिभावकलगायतले विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा प्याब्सन धरानका अध्यक्ष भगत लिम्बू, हिसान सुनसरीका सचिव हेमन्त भण्डारी, नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ र तीर्थ कार्कीलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सन्देशमूलक नाटक, नृत्य, फेसन शो प्रस्तुत गरेका थिए ।
विद्यालयका निर्देशक गंगाराम राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल विजयसिं थेवेलगायत विद्यार्थीले गरेका थिए । कार्यक्रममा छाल खवर डटकमका प्रधान सम्पादक भोला श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति: भाद्र ३० २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend