धरानः धरान–१६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल सकुलमा ५८ औं बाल दिवसमा विविध कार्यक्रम आयोजना भएको छ ।
स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले कविता, गीत साथै नृत्य पस्किएका थिए । कार्यक्रममा बोल्दै प्रिन्सिपल तथा सञ्चालक तेजमान लिम्बूले बाल दिवसमा विद्यार्थीहरु प्रतिभा बाहिर ल्याउने कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले बालबालिकालाई स्टेजमा प्लेटफर्म दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले स्कुलले गुणस्तरीय शिक्षासँगै बालबालिकालाई अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएको बताए ।
सञ्चालक दुर्गा सुवेदीले ज्ञान, सीप, व्यवहार र अनुशासनमा विद्यार्थीले ध्यान दिनुपर्ने र भविष्यमा विद्यार्थीले प्रगति गर्न सक्ने बताए । कार्यक्रममा विद्यार्थीले गीत र नृत्य पस्किएर मनोरञ्जन समेत दिएका थिए । कार्यक्रममा प्रिन्सिपल लिम्बू, सञ्चालक सुवेदी, सहायक प्रिन्सिपल सोनु राई सुवेदी, फाइनान्स डाइरेक्टर जुनु लिम्बू, कोअर्डिनेटर संगीत श्रेष्ठ, डिसिप्लिन इन्चार्ज अशोक राईलगायतको उपस्थिति थियो ।
कार्यक्रममा शिक्षिकाहरुले समेत नृत्य पस्किएर भरपुर मनोरञ्जन दिएका थिए । तस्वीरहरुः कोपिला सुवेदी







. 











