धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीमा बाल दिवस मनाइएको छ ।
५८ औं बाल दिवस स्कुल प्राङ्गणमा हाजिरीजवाफलगायत अन्य विविध क्रियाकलापहरु गर्दै बाल दिवस धुमधामसाथ मनाइएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए ।
अन्तर हाउसस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए । प्रतियोगितामा ब्ल्यु हाउस पहिलो, यल्लो हाउस दोस्रो र ग्रिन हाउस तेस्रो बनेका छन् । विद्यार्थीले अन्य अतिरिक्त क्रियाकलापमा पनि सहभागिता जनाएको उनले जानकारी दिए ।







