धरानः धरान-१५ स्थित के के इन्टरनेशनल स्कुलमा बालबालिकाहरुले प्रतिभा प्रदर्शन गरेका छन् ।
विद्यार्थीले फेशन शो, गायन, नृत्य, कविता, वक्तृत्वकला विधामा प्रतिभा पस्किएका हुन् । कार्यक्रममा पिजी कक्षाका विद्यार्थीले पोशाकमार्फत विद्यार्थीले फलफूललगायतको फेशन शो, नर्सरीका विद्यार्थीले स्वास्थ्य र जङ्कफुडबारेको फेशन शो, एलकेजीका विद्यार्थीले सोचाइबारे फेसन शो, युकेजीका विद्यार्थीले विभिन्न पेशाबारे फेशन शो प्रस्तुत गरेका थिए ।
५८ औं बाल दिवसका अवसरमा आयोजित कार्यक्रममा बिजेतालाई पुरस्कार समेत वितरण गरिएको अध्यक्ष प्रविन अग्रवालले जानकारी दिए । कार्यक्रममा स्वागत मन्तव्य राधिका कार्कीले गरेकी थिइन् । कार्यक्रममा शिक्षकहरुले समेत ग्रुप नृत्य पस्किएका थिए ।





























