Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पहिरोले पाइप बगायो

हाम्रो कोशी आवाज
असोज ८ २०७९, शनिबार
धरानमा पहिरोले पाइप बगायो

धरानः शनिबार रातिको अविरल वर्र्षाले सर्दुुखोलामा पाइप बगाएको छ ।
धरान १३ को बीपी पार्क केही मास्तिर पहिरोले पाइप चुँडाएर बगाएको होे । खर्दु, सर्दु र निशानेको पानी ल्याउन भनी श्रमदानबाटै बनेको पाइप सर्दुखोलाले बगाएको हो । सर्दु झर्ने सानो खोलाले पाइप चुँडाएर पाइप बगाएपछि बिहानभरी श्रमदान गर्न मेयर साम्पाङसहित धरानबासी खटेका छन् । पाइपलार्ई भित्तातर्फ सेप्दै फेरि जोडिएको छ । शनिबार स्वस्तिकचोकमा पानी झार्ने तयारी भइरहेको बेला पाइप बगाएकोे हो ।
बिहान करिब ८ बजेदेखि खटेका मेयर र स्थानीयबासीको सक्रियतामा पाइप जोडिसकिएको प्रोजेक्ट म्यानेजर दत्तकुमार लिम्बूले जानकारी दिए ।

प्रकाशित मिति: असोज ८ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend