Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्वतन्त्र उम्मेदवारको लर्को

हाम्रो कोशी आवाज
असोज २६ २०७९, बुधबार
स्वतन्त्र उम्मेदवारको लर्को

धरानः आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि स्वतन्त्रबाट मात्रै उम्मेदवार बन्नेको लर्को नै लागेको छ । पार्टीका बागी उठेकादेखि अन्यले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
धरान–८ स्थित सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख रुद्रप्रसाद अर्यालका अनुसार स्वतन्त्रबाट मात्रै २५ जनाले उम्मेदवारी दर्ता गर्दै चुनाव चिहन समेत लिइसकेका छन् ।
सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभाको सांसद पदका लागि मात्रै ११ जना र सुनसरी क्षेत्र नं. १ प्रदेशसभामा क र ख गरेर १४ जनाले उम्मेदवारी दिएको र चुनाव चिहन समेत लिएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको टिमबाट सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य (सांसद) पदका लागि तर्कबहादुर मगर, सुनसरी क्षेत्र नं. १ क का लागि समिर तामाङ, ख का लागि हेमचन्द्र राईले उम्मेदवारी दिएका छन् । उनीहरुमध्ये तर्कबहादुरले पानीको जार, समिर र हेमचन्द्रले लालटिन चुनाव चिहन पाएका छन् ।
यस्तै, नेकपा एमाले विद्रोहजस्तै गरेर बागी जस्तै बनेर उम्मेदवारी दिएका मनोजकुमार मेन्याङ्बो प्रतिनिधिसभाका लागि चुनाव लड्दैछन् । उनले खरायो चुनाव चिहन लिएका छन् । यस्तै, सुकुम्बासी नेता कुमार कार्कीले घण्टाघर चुनाव चिह्न लिएका छन् ।
पत्रकारहरुसँगको कुराकानीमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मगरले आफूले भ्रष्टाचारलाई चिर्न र सुनसरी क्षेत्र नं. १ को समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए । उनले विशुद्ध स्वतन्त्रलाई छान्न आग्रह गरेका छन् । ‘खासमा अहिले पार्टीबाट रिसाएका र बागी बनेकाहरुले पनि उम्मेदवारी दिएको पाइयो’, उनले भने, ‘तर यो कुरा जनताको हातमा छ, विशुद्ध स्वतन्त्रलाई छानौं ।’
उम्मेदवार बनेका मेन्याङ्बोले आफू धरान उपमहानगरपालिकाको मेयर हुँदा गरेका ऐतिहासिक कामले पनि आफ्नो जीत सुनिश्चित भएको दावी गरे । घण्टाघर चुनाव चिहन पाएका कार्कीले यतिका वर्ष दलहरुले सुकुम्बासीलाई केही नगरेकोले आफूले उम्मेदवारी दिएको प्रतिक्रिया दिए ।
४२ वर्ष हवाइजहाज उडाएर अनुभव सङ्गालेका केवी लिम्बूले पनि प्रतिनिधिसभाका लागि सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन् । उनले क्रस खुकुरी चुनाव चिह्न लिएर आएका छन् । उनले पनि विशुद्ध स्वतन्त्रलाई छान्न आग्रह गरे ।
अन्य उम्मेदवारले के चुनाव चिहन पाए ?

प्रकाशित मिति: असोज २६ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend