Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गाउँले जनजीवन बुझ्दै धरान मोडलका विद्यार्थी

हाम्रो कोशी आवाज
मंसिर २० २०७९, मंगलबार
गाउँले जनजीवन बुझ्दै धरान मोडलका विद्यार्थी

धरानः धरान-१ स्थित धरान मोडल कलेजका विद्यार्थी समाज बुझ्न विभिन्न ठाउँको भ्रमण गरेका छन् ।
चारदिनको भ्रमण सकेर उनीहरु फर्किएका हुन् । विशेषतः धरान, धनकुटा हुँदै बराहक्षेत्रस्थित चतरामा रहेको जेटबोट चढेर उनीहरु फिरेका थिए । बिएसडब्ल्यु प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीहरु समाज बुझ्नै विभिन्न ठाउँ पुगेका हुन् ।
पहिलो दिन धनकुटाको ग्रामीण जनता मावि नाम्जेमा लागूऔषधसम्बन्धी सचेतनामूलक नाटक पस्किएको क्याम्पस प्रमुख प्रविन राईले जानकारी दिए । उनीहरुले त्यहाँ गायन, नृत्य पस्किएका थिए । यस्तै, दोस्रो दिन समुदाय अध्ययन र अवलोकन गर्न सहितभूमि गाउँपालिका छिन्ताङको साम्बु गाउँ पुगेका थिए । त्यहाँ टोली निर्माण गरी ग्रामीज जनजीवन अध्ययन गर्न विभिन्न घरमा विद्यार्थी पठाइएको उनले जानकारी दिए । त्यस्तै, विद्यार्थीलाई सोही ठाउँको पर्यटकीयस्थल शहिद स्मृति पार्कको पनि भ्रमण गराइएको उनले जानकारी दिए ।
यस्तै, तेस्रो दिन शहिदभूमि गाउँपालिका ३ पन्चकन्यामा लाग्ने बुधबारे हटियाको अवलोकन तथा आर्थिक क्रियाकलापको अध्ययन अवलोकन पनि गराइएको थियो ।
चौथो दिन सप्तकौशिकीको संगमस्थल त्रिवेणीको भ्रमण गराइएको र मनोरञ्जनात्मक क्रियाकलाप, क्याम्प फायर, नृत्य, गीत, विभिन्न खेलहरु समेत खेलाइएको थियो । त्यसपछि विद्यार्थीहरु सोहीदिन जेटबोटबाट चतरा हुँदै धरान फर्किएका थिए ।
१३ जना विद्यार्थी सहभागिता रहेको सो भ्रमणमा कलेजका प्रतिनिधि विष्णु बराल, बिएसडब्ल्यु कोअर्डिनेटर विष्णु खनाल, विषय शिक्षिका एलिना राई, क्याम्पस प्रमुख प्रविन  राईलगायतको सहभागिता थियो ।

 

प्रकाशित मिति: मंसिर २० २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend