Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘म सक्छु’ अभियान शुरु, लागूऔषध प्रयोगकर्तालाई परामर्श

हाम्रो कोशी आवाज
माघ २५ २०७९, बुधबार
‘म सक्छु’ अभियान शुरु, लागूऔषध प्रयोगकर्तालाई परामर्श

विराटनगरः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले लागूऔषध न्युनीकरण कार्य योजना ‘म सक्छु’ अभियान २०७९ शुरु गरेको छ ।
विराटनगर–१६ मा रहेको लागूऔषध क्यानको भवनमा करिब ५० जना लागूऔषध प्रयोगकर्ताहरुलाई भेला पारी मनो सामाजिक परामर्श दिइएको प्रहरीले जनाएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा सञ्चालन भएको कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाललगायतले लागूऔषध प्रयोगकर्ताहरुलाई मनो सामाजिक परामर्श प्रदान गरेका थिए । यो अभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, १ नम्बर प्रदेश प्रहरी श्रीमती संघ तथा रंगेली नगरपालिकाको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको छ ।
मोरङको रंगेली नगरपालिका–९ फर्साडाँगीस्थित रहेको पार्वती माध्यमिक विद्यालय परिसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष सीता ज्ञवालीको अध्यक्षतामा रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवालको प्रमुख आतिथ्यतामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा विराट नर्सिङ होम प्रालिका म्यानेजर मोहम्मद जियाउल हकसहित १२ जना विशेषज्ञ डाक्टरहरुको टोलीद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
शिविरमा स्त्री तथा प्रसुति रोग, छाला तथा यौन रोग, बाल रोग, दन्त रोग, नाक कान घाँटी तथा आँखा रोग सम्बन्धी समस्या भएका ३९४ जना स्थानीय सर्वसाधारण महानुभावहरुले निःशुल्क स्वास्थ्य उपचार गराएका थिए ।

प्रकाशित मिति: माघ २५ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend