Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सवारी दुर्घटनामा ३ जनाको मृत्यु १ जना घाईते

हाम्रो कोशी आवाज
फाल्गुन १० २०७९, बुधबार
सवारी दुर्घटनामा ३ जनाको मृत्यु १ जना घाईते

झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुदा तीनजनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । सुनसरीको ईटहरी उप–महानगरपालिका–१० खनार स्थित दक्षिणबाट उत्तरतफ जादै गरेको को २ ह ६४३२ नम्बरको सिटि सफारि आफै अनियन्त्रित भई पल्टिदा घाईते भएका सिटिमा सवार ईटहरी– १० का ४० वर्षीय सुरेन्द्र सरदारको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको छ ।
मोरङको बेलबारी नगरपालिका–१ शिशौली चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशा तर्फ आउदै गरेको २ वटा साईकललाई ठक्कर दिदा घाईते भएका साईकल यात्री बेलबारी– २ का १९ बर्षीय लेखनाथ चौहानलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको थियो भने अर्का साईकल यात्री १८ बर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भईरहेको छ ।झापाको कनकाई नगरपालिका– १ दुर्गापुर चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्र १–०१–०१६–३१५९ नम्बरको मोटरसाईकलललाई विपरित दिशाबट आउदै गरेको बा ४ ख ९३१९ नम्बरको विर्तामोड–२ स्थित रहेको निधी क्याम्पसको बसले ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक ताप्लेजुङ श्रीजंघा गाँउपालिका–४ का ३५ बर्षीय समिर लिम्बुको उपचारको क्रममा द्य७ऋ अस्पताल विर्तामोडमा मृत्यु भएको हो ।
सबै दुर्घटनामा संलग्न सवारीसाधनहरु र चालक प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: फाल्गुन १० २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend