मोरङको सुनबर्षी नगरपालिका २ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना र केराबारी गाउँपालिका ६ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमरदहबाट खटिएको गस्ति टोलीले चेक जाँचको क्रममा प्रदेश ०१-०२-०४८ प ३९४३ नम्बरको मोटर साईकल चालक सुनबर्षी ५ का २८ वर्षीय उपेन्द्र साहको साथबाट १ ग्राम ३० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद ४२ हजार ६ सय रुपैया पक्राउ गरेको हो । यसैगरी केराबारी ६ का ५० वर्षीय गुर्माछान मगरले आफ्नै घरमा गाँजा बिक्रि गरिरहेको अवस्थामा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको ९च्क्ष्त्० प्रहरी टोलीले उनलाई ३०० ग्राम गाँजा सहित नगद ६७ हजार ७ सय रुपैया सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ।