सुनसरीको बराहक्षेत्र नगरपालिका ३ स्थितबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई चोरी गरेको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बराहक्षेत्र १ का ३४ वर्षीय सजन श्रेष्ठ, धरान ४ का २८ वर्षीय विश्वराज राई र धरान १३ का २३ वर्षीय रतिस श्रेष्ठ रहेका छन । अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गत माघ ६ धरान ११ का सुरज तामाङको घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको प्रदेश १-०२-०४० प २८१८ नम्बरको मोटरसाईकलको नम्वर प्लेटलाई को। ३८ प ८०६५ लेखि चलाईरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ।