Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा २९ जनामा दादुरा संक्रमण पुष्टि

हाम्रो कोशी आवाज
फाल्गुन १५ २०७९, सोमबार
सुनसरीमा २९ जनामा दादुरा संक्रमण पुष्टि

सुनसरी: बर्जु गाउँपालिकामा दादुरा संक्रमण फैलिएको छ ।
दुई हप्ताको अवधिमा बर्जुमा २९ जना दादुरा संक्रमित भेटिएका हुन् । बर्जुमा पहिलो पटक वडामा नम्बर २ मा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
जस मध्ये केही वयष्क व्यक्ति समेत रहेका छन् । प्रदेश(१ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्थानीय निकायसँगको समन्वयमा दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले एकसाथ १० हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिए ।
उहाँले दादुरा अतिसंक्रमित रोग भएकाले एउटै क्षेत्रमा ५ जना पुष्टि भए यसलाई महामारीको रुपमा लिइने बताउनुभयो । २९ जना पोजेटिभ केस फेला परिसकेको बर्जुमा थप केही शंकास्पद केस परीक्षणको क्रममा रहेकाले संख्या थप बढ्नसक्ने स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
दादुरा तीब्र रूपमा संक्रमण फैलने र जटिल प्रकृतिको रोग भएकाले फैलन नदिन रोकथामका सबै उपाय अवलम्बन गर्न लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका अनुसार बर्जुका सबै ६ वटै वडामा फागुनको १६ गतेबाट एकसाथ दादुरा विरुद्धको खोप अभियान सञ्चालनमा ल्याइने भएको छ ।
अभियानमा ६ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने गरी तयारी थालिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १५ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend