Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन १६ २०७९, मंगलबार
मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

मोरङ: मोरङको बुढिगंगा गाउँपालिका-४ कोशी लोकमार्ग स्थितमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक सप्तरी सप्तकोशी गाउँपालिका- १ का १९ बर्षीय निसान चौधरी र पछाडी सवार सुनसरी रामधुनी नगरपालिका- ९ का १६ बर्षीय समिर चौधरी रहेका छन् ।
हिजो बिहान ९ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन पुक्दा घाईते भएका दुबै जनाको उपचारको क्रममा बिराट टिचिङ अस्पताल गंगाचौकमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: फाल्गुन १६ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend