Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान एक्स्पोमा छैटौं दिनको मुख्य आकर्षण डिल्ली फोम्बो, टिकट दर घटाइयो

हाम्रो कोशी आवाज
फाल्गुन १६ २०७९, मंगलबार
धरान एक्स्पोमा छैटौं दिनको मुख्य आकर्षण डिल्ली फोम्बो, टिकट दर घटाइयो

धरान : सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा जारी धरान एक्स्पो २०७९ को छैटौं दिन आज गायक डिल्ली फोम्बो प्रस्तुत हुने भएका छन् ।
फागुन ११ बाट जारी एक्स्पोमा आज साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्न लागेका फोम्बोका ‘चिटिक्क’, ‘युमा माङ’, ‘सुन्दरता’, ‘यो मायाले’ लगायतका गीत चर्चित छन् ।
फोम्बोबाहेक एक्स्पोमा आज ‘इन्फ्लुयन्स डान्स स्टुडियो’, ‘तपस्वी ब्यान्ड’ लगायत स्थानीय कलाकार र समूहले मनोरञ्जनात्मक र साङ्गीतिक प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।
साँझ ६ बजेबाट सुरु हुने साङ्गीतिक कार्यक्रममा आजका लागि टिकट दर एक सय रुपैयाँ निर्धारण गरिएको छ ।
दिउँसो तीन बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा दिउँसो तीन बजेदेखि पाँच बजेसम्म टिकट दर ५० रुपैयाँ राखिएको छ ।
सुनसरीको व्यवसायीक प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सय २३ स्टल अवलोकन गर्न सकिनेछ ।
दश दिनसम्म सञ्चालन हुने एक्स्पोमा १० करोड बढीको कारोबार हुने र तीन लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: फाल्गुन १६ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend