Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ को नामाकरण प्रस्ताव पेश हुने

हाम्रो कोशी आवाज
फाल्गुन १७ २०७९, बुधबार
प्रदेश १ को नामाकरण प्रस्ताव पेश हुने

विराटनगर : प्रदेश–१ को संसद बैठक आज बस्दैछ । बैठकले प्रदेश नामाकरणको प्रस्ताव पेश हुने भएको छ ।
पहिलो कार्यकालमा प्रदेशको नाम टुंगाउन नसकेको प्रदेश–१ को संसद्ले यही दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै सो विषयको टुंगो लगाउने प्रयास गर्ने भएको छ । अघिल्लो कार्यकालमा दलहरुबीच पटक पटक छलफल भए पनि नाम टुंगिन सकेको थिएन । अरु सबै प्रदेशको नामाकरण भइसकेको छ ।

नेपालको संविधानमा प्रदेशको नामकरणको टुङ्गो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश–१ मा ९३ जनाको संसद् छ । जसमध्ये नामकरणको टुङ्गो लगाउन ६३ जना सांसद चाहिन्छ । प्रदेश १ प्रदेशसभामा नेकपा एमालें को ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीं को ४ र जसपाको १ जना सांसद छन् ।

प्रकाशित मिति: फाल्गुन १७ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend