Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बेपत्ता बालिका मृत भेटिइन्

हाम्रो कोशी आवाज
फाल्गुन २१ २०७९, आइतबार
बेपत्ता बालिका मृत भेटिइन्

ताप्लेजुङ: फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा झण्डै एक महिनादेखि बेपत्ता भएकी ६ वर्षीय बालिका मृत अवस्थामा भेटिएकी छन्।
स्थानीय गणेश लिम्बूकी छोरी सोनिया लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। सोनिया गत माघ २५ देखि बेपत्ता थिइन्।
घरदेखि करिब आधा घण्टाको पैदल दुरीमा पर्ने आयुजिम्बा खोला किनारमा उनको शव फेला परेको ताप्लेजुङ पहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। उनका अनुसार सुँगुरलाई चारो खोज्न निस्किएका स्थानीयले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर गरेका हुन्।
बालिकाको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ। शव भेटिएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा गएको थियो। घटनास्थल सदरमुकाम फुङलिङदेखि झण्डै एक दिनको पैदल दुरीमा पर्छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ। रासस

प्रकाशित मिति: फाल्गुन २१ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend