धरानः ओखलढुंगामा जीप खस्दा दुईजनाको मृत्यु भएको छ ।
चिसंखुगढी–३ दियालेमा आइतबार बिहान यात्रुबाहक बोलेरो जीप दुर्घटनामा परेको र घटनास्थलमै दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना१ज ८४७३ नम्बरको जीपमा १३ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चिसंखुगढी–३ का भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय ओखलढु्गांका प्रहरी प्रमुख डिएसपी दिपकबहादुर केसीले जानकारी दिए। केही घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्नसक्ने उनले बताए।
केसीका अनुसार घाइतेलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ। दुर्घटनामा परेर घाइते हुनेमा भक्त बहादुर थापा, चालक सुमन कार्की, तुलसा धमला, २ वर्षीय बालक विनय धमला, तीर्थलक्ष्मी श्रेष्ठ, केन्द्रबहादुर कार्की, आयुशा श्रेष्ठ, शर्मिला श्रेष्ठ, ४ वर्षीय लरिसा श्रेष्ठ र खेमबहादुर खत्री छन् ।