झापाः झापाको कमल गाउँपालिका–७ मगर चोकस्थितमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ८२३७ नम्बरको स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाइते भएका स्कुटी चालक दमक नगरपालिका–२ का २० वर्षीय रिवाज पौडेल र स्कुटीमा पछाडि सवार दमक नगरपालिका–८ का १८ वर्षीय सुरज चौधरीलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा लागिएकोमा उपचारको क्रममा पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चौधरीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।