Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशको पुनः नामाङ्कनका लागि आन्दोलित

हाम्रो कोशी आवाज
फाल्गुन २६ २०७९, शुक्रबार
कोशी प्रदेशको पुनः नामाङ्कनका लागि आन्दोलित

धरानः कोशी प्रदेशको पुनः नामाङ्कन माग गर्दै आन्दोलनको घोषणा गरिएको छ । भर्खरै नामाकरण गरिएको कोशी नाम खारेज गर्ने आन्दोलनको नेतृत्व गर्न शुक्रबार ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ घोषणा गरिएको छ ।
किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात मोर्चा, जनता समाजवादी पार्टीका भ्रातृ संगठन र अन्य सामाजिक तथा सामुदायिक संगठनहरु संलग्न संयुक्त संघर्ष समितिले फागुन २८ गते आमहड्तालसहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत फागुन २५ र २६ गते प्रदेशव्यापाी कालो झण्डा गाड्ने, कोणसभाहरू गर्ने, स्थानीय तह लगायतका कार्यालयहरूमा तालाबन्दी गर्ने, कोशी नामका बोर्डहरू हटाउने, कोशी नामका लेटरप्याडहरू जलाउने, कोशी नामका मत हाल्ने सांसदहरूलाई प्रतिकार गर्ने, वडा तहसम्म संघर्ष समिति बिस्तार गर्ने विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी संघर्ष समितिले फागुन २७ गते प्रदेशव्यापी राँके जुलुस गर्ने र चैत ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: फाल्गुन २६ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend