Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उदयपुरमा आगलागीमा परी दिदीभाइको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०७९, शनिबार
उदयपुरमा आगलागीमा परी दिदीभाइको मृत्यु

उदयपुर: रौतामाई गाउँपालिका-८ मा आगलागीमा परी एकैघरका दुई बालबालिकाको मृत्यु भएको छ।
रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा छोरी ६ वर्षीया जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
शुक्रबार साँझ घरमा बिजुली सट भएर घरमा आगलागी हुँदा जलेर घटनास्थलमा नै उनीहरूको मृत्यु भएको प्रहरी हवल्दार शोभा कार्कीले जानकारी दिइन्।आगलागीको समयमा परिवारका अन्य सदस्य घरमा नभएको उनले बताइन्।
आगलागीबाट घर, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उनले भनिन्, ‘घर, घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडा वर्तनसमेत जलेको छ, अचानक आगलागी हुँदा भाग्न नसकेर बालबालिकाको मृत्यु भएको हो ।’  आगलागीबाट घर तथा लत्ताकपडा गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति: फाल्गुन २७ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend