Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आम हडतालको प्रभाव

हाम्रो कोशी आवाज
फाल्गुन २८ २०७९, आइतबार
धरानमा आम हडतालको प्रभाव

धरानः ‘कोशी’ प्रदेश नाम खारेज माग गर्दै ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले कोशी प्रदेशमा आज आह्वान गरेको आम हड्तालको प्रभाव धरानमा परेको छ ।
कोशी प्रदेश नाम खारेजीको माग गदै पहिचानवादी संघ, संस्थाद्वारा गठित संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै शनिबार राति कोशी प्रदेशको प्रमुख सहरहरूमा राँके जुलुस निकालेको थियो ।
यही फागुन १७ गते प्रदेशसभाको दुईतिहाइ मतले प्रदेशको नाम कोशी पारित गरेको हो । कोशी प्रदेश नामकरण भएको भन्दै विभिन्न जातीय संघ, संस्थाले सो नामप्रति असहमति जनाइरहेका छन् ।
संर्घष समितिले आइतबार बिहानैबाट बन्द गराउँदै हिँडेपछि धरानको अन्य बेला चल्दै आएका लामो दुरीका सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्था पनि बन्द भएका छन् । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । प्रदेशको नाम पहिचानका आधारमा नभइ खोला नालाको नामलाई नै प्रदेशको नाम दिइएको भन्दै पहिचानको आधारमा नामाकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले बन्दको आह्वान गरेको हो । हिजो शनिबारै प्रदेशका मुख्य मुख्य सहरमा राके जुलुस समेत निकालिएको थियो भने ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ले बन्दको घोषणा गरेको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए । ‘कोशी’ प्रदेश  प्रहरी ट्राफिक कार्यालय इटहरीका अनुसार बन्दका कारण लामो र छोटो दूरीका सवारीहरू चल्न सकेका छैनन् ।  तस्वीरः सनम तामाङ

प्रकाशित मिति: फाल्गुन २८ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend