Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वनमा लागेको डढेलोबाट बच्न स्थानीय रातभर जाग्राम

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७९, सोमबार
वनमा लागेको डढेलोबाट बच्न स्थानीय रातभर जाग्राम

खोटाङ: रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा रहेको कालिका भगवती सामुदायिक वनमा लागेको डढेलोबाट बच्न स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् ।
अस्ति शनिवार दिउँसोदेखि सुरु भएको डढेलो बस्ती नजिक आएपछि रातभर जाग्राम बस्ने गरेको स्थानिय बासिन्दाले बताएका छन् ।
धारापानी, कोटडाँडा, मण्डलीछाप र आतमाराका स्थानीय बासिन्दा रातभर आ-आफ्नो टोलको संरक्षणमा जुटेको वडा सदस्य महेश बोगटीले जानकारी दिए ।
डढेलोको लप्का र झिल्को घरको छानोमा आउने त्रासमा स्थानीय बासिन्दा सुत्न नसकेको बोगटीले बताए ।
झण्डै पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा डढेलो लागेको हो । डढेलो कसले लगाएको भन्ने खुल्न सकेको छैन ।
मानव बस्तीमा डढेलो पस्ने जोखिम टरे पनि अहिले सिरुवानी क्षेत्रमा डढेलो कायम छ । यो क्षेत्रमा प्रहरी र स्थानीयवासीले अग्नी रेखा बनाएर डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
डढेलोले भिषण रुप लिएपछि नियन्त्रणका लागि प्रशासन र प्रहरीलाई खबर गरेको वडाध्यक्ष ज्ञानुराज पाण्डेले बताए ।

प्रकाशित मिति: फाल्गुन २९ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend