Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वन डढेलो नियन्त्रण सप्ताह शुरू

हाम्रो कोशी आवाज
चैत्र २ २०७९, बिहिबार
वन डढेलो नियन्त्रण सप्ताह शुरू

सुरेन्द्र भण्डारी
बिर्तामोडः झापामा ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित बुधबारबाट वन डढेलो नियन्त्रण सप्ताह सुरू भएको छ ।
डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव–डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरू भएको हो । अभियानको उद्घाटन डिभिजन वन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवन प्रसाद पाठकले गरे ।
‘डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौं’, ‘बन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौं’, ‘वन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो’ जस्ता प्ले कार्डसहित मेचीनगरस्थित प्रगति सामुदायिक वनबाट सुरू गरिएको सचेतना ¥याली चारआली बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।
साताव्यापी सञ्चालन हुने अभियाको दोस्रो दिन कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गामा नियन्त्रित डढेलो लगाउने अभियान सञ्चालन गरिने छ । त्यस्तै, ३ गते जलथलस्थित चौकी विरान सामुदायिक वनमा ‘वन क्षेत्रमा हुने ज्वलनशील पदार्थबाट कम्पोष्ट मल बनाउने अभ्यास’ सञ्चालन गरिने छ ।
त्यस्तै, सुरक्षा निकायबीच वन डढेलो नियन्त्रणमा तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया छलफल गरिने, डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्वन्धि तालिम सञ्चालन गरिने छ भने ७ गते अभियानको समापन गरिने डिभिजन वन कार्यालय झापाकी अधिकृत अञ्जना पुरीले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र २ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend