Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पदम लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख राहत दिने

हाम्रो कोशी आवाज
चैत्र १३ २०७९, सोमबार
पदम लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख राहत दिने

विराटनगर :कोशी प्रदेश सरकारले विराटनगरमा गत चैत ५ गते भएको प्रदर्शनमा घाइते भइ मृत्यु भएका पदमबहादुर लिम्बू ९लाजेहाङ० को परिवारलाई तत्कालका लागि तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आज ९सोमबार० बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोशी नाम खारेजको माग गर्दै भएको आन्दोलनमा घाइते भएका लाजेहाङको गत १० गते मृत्यु भएको थियो ।
‘कोशी प्रदेश नामकरणका सम्बन्धमा चैत्र ५, २०७९ मा विराटनगरमा भएको विरोध कार्यक्रममा सहभाागी भई चैत १० गते श्री पदम लिम्बू ९लाजेहाङ० को दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक पदम लिम्बूप्रति हार्दिक श्रदाञ्जली एवं परिवारजनमा गहिरो दुःख एवम हार्दिक समवेदना प्रकट गर्दछ,’ प्रदेश सरकारको निर्णयमा भनिएको छ, ‘तत्काल राहत स्वरुप मृतकका परिवारलाई रु तीन लाख उपलब्ध गराउने र यस सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानवीन समितिलाई सहजीकरण गर्ने ।
बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडी झापाको रिक्त रहेको निर्देशक पदमा प्रदेश सचिव कृष्ण सापकोटालाई जिम्मेवारी दिएको छ । यस्तै पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेश गरिएको प्रदेश वातावरण संरक्षण ऐन २०७६, र प्रदेश वन ऐन २०७७ संशोधन विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको समपुरक अनुदान कार्यविधि संसोधन प्रस्ताव पारित गरेको छ भने प्रदेश नामाकरणमा भूमिका खेल्ने प्रदेशसभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरुलगायतलाई धन्यवाद र बधाई ज्ञापन गरेको छ ।

 

प्रकाशित मिति: चैत्र १३ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend