Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशको नाम संशोधनको माग राख्दै प्रदर्शन, दोहोरो झडप, पानीको फोहरा र अश्रुग्यास प्रहार

हाम्रो कोशी आवाज
चैत्र १४ २०७९, मंगलबार
कोशी प्रदेशको नाम संशोधनको माग राख्दै प्रदर्शन, दोहोरो झडप, पानीको फोहरा र अश्रुग्यास प्रहार

विराटनगर । कोशी प्रदेशको नाम संशोधनको माग राख्दै गरिएको प्रदर्शनमा दोहोरो झडप भएको छ । प्रदेशको ऐतिहासिक पृष्टभूमिको आधारमा नाम राख्नुपर्ने भन्दै पहिचानवादीहरुले गरेको प्रदर्शनमा प्रहरीसँग दोहोरो झडप भएको हो ।
प्रदर्शनकारीहरुले प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीकोसमेत राजनीमाको माग गरेका थिए । सो क्रममा विराटनगरको पाञ्चलीमा भएको प्रदर्शनमा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । पानीको फोहरासमेत प्रहार गरिएको छ । जवाफीमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा, इट्टाहरु प्रहार गरेका छन् ।​
विराटनगर ९ पान्चाली मोडमा ठूलो सङ्ख्यामा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
प्रदेश सरकारले भने फाल्गुण १७ गते प्रदेशको नामकरण गरेको थियो। नामकरण खारेजीको माग गर्दै चैत्र ५ गते पहिलोपटक विराटनगरमा पहिचानवादीहरुले आन्दोलन गरेका थिए।

प्रकाशित मिति: चैत्र १४ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend