सुनसरी : टायर पञ्चर भएर सप्तरीमा शुक्रबार पल्टिएको कारमा सवार एक जनाको मृत्यु भएको छ।
सडकमा भएको दुर्घटनामा सुनसरीको इनरुवा नगरपालिका-५ का ६५ वर्षीय लिलाबहादुर कार्कीको मृत्यु भएको हो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा. १९ च ५५७६ नम्बरको कारको अगाडि भागको टायर पञ्चर हुँदा अनियन्त्रित भई पल्टिएको थियो।
कारभित्र सवार कार्कीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गको कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा भएको दुर्घटनामा कार चालक खोटाङको मार्फा-२ का ५९ वर्षीय राजकुमार नेपाल र उदयपुरको त्रियुगा नगरपालिका-१० गाईघाटका ८३ वर्षीय योग्य बहादुर कार्की घाइते भएका छन्।