Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीन सय ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

हाम्रो कोशी आवाज
चैत्र २१ २०७९, मंगलबार
तीन सय ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

धनकुटाः नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । एमालेले महालक्ष्मी वडा नं.१, २, ८ र ९ नम्बर वडाका १४० ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरेको हो ।
महालक्ष्मी नगरपालिका वडा नं.१ र वडा नं.२ का ७० जना ज्येष्ठ नागरिकलाई कटहरेमा सम्मान गरिएको छ । त्यस्तै, वडा नं.८ र वडा नं.९ का ३५÷३५ जना ज्येष्ठ नागरिकलाई निगालेमा सम्मान गरिएको छ । अन्य वडाका ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने कार्यक्रम तय भएको छ ।
समाजमा योगदान गर्ने महालक्ष्मी नगर क्षेत्रका करिब ३ सय ज्येष्ठ नागरिकलाई सम्मान गरिने एमाले नेता एवं महालक्ष्मी नगरपालिकाका पूर्व नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए । ‘ज्येष्ठ नागरिकहरुले समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिरहेका छौं,’ नेता नेपालले भने, ‘हरेक वडाका करिब ३५ जनाका दरले नगर भरका ३ सय भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गछौं ।’
ज्येष्ठ नागरिकहरुलाई एमाले नेताहरुले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानित गर्ने गरेका छन् । एमालेले फागुन ५ गतेबाट देशभर सुरु गरेको मिसन ग्रासरुट अभियान बैशाख ५ गतेसम्म सञ्चालन हुदैछ । पार्टी सुदृढिकरण तथा विस्तारका लागि टोल, वडा र पालिका केन्द्रित अभियान सञ्चालन भइरहेको एमाले धनकुटा अध्यक्ष इन्द्रमणी पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र २१ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend