Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पहिचानकै आधार नामाकरण गर्न माग गर्दै ज्ञापनपत्र

हाम्रो कोशी आवाज
चैत्र २३ २०७९, बिहिबार
पहिचानकै आधार नामाकरण गर्न माग गर्दै ज्ञापनपत्र

धरानः सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट जनवर्गीय संगठनहरूले कोशी प्रदेशको नामकरण फेरेर पहिचानको आधारमा राख्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाएका छन्।
किराती राष्ट्रिय मुक्ति मोर्चा, लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चालगायतका जातीय संगठनका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका छन्।
प्रदेशको नाम कोशी भएपछि उत्पन्न परिस्थितको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि ती संगठनले माग गरेका छन्।
ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्रीसँग आग्रह गरिएको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका वरिष्ठ उपाध्यक्ष प्रेम मिवकले बताए।
यसअघि कोशी नामकरणको पक्षमा माओवादीका सबै सांसदहरूले प्रदेशसभामामा भोट हालेका थिए। त्यसबेला कमजोरी भएको भन्दै माओवादीको बुधबार बसेको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको थियो।

प्रकाशित मिति: चैत्र २३ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend