Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

हाम्रो कोशी आवाज
चैत्र २४ २०७९, शुक्रबार
आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

धरानः सरकारले कोशी प्रदेश नामाकरणविरुद्ध चर्किएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो। उनलाई सहिद घोषणा गर्ने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिए ।
मन्त्रिपरिषद्ले मृतक लिम्बूको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय पनि गरेको छ । गत चैत ५ मा विराटनगरमा आन्दोलन गर्दा लिम्बू घाइते भएका थिए। आन्दोलनमा घाइते उनको चैत १० गते उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो।
यसअघि लिम्बूको परिवारलाई प्रदेश सरकारले ३ लाख रूपैयाँ दिने घोषणा गरेको थियो। यस्तै सो घटनाको छानबिन गर्न समित समेत बनेको छ।
फागुन १७ गते प्रदेश १ को नाम कोशी राखिएपछि पहिचान पक्षधरहरू आन्दोलित हुँदै आएका छन्।

प्रकाशित मिति: चैत्र २४ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend