Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डोको बोकेर दौडिने प्रतियोगिता

हाम्रो कोशी आवाज
चैत्र २६ २०७९, आइतबार
डोको बोकेर दौडिने प्रतियोगिता

ताप्लेजुङ । ताप्लेजुङमा जारी औद्योगिक तथा कृषि मेलामा डोको बोकेर दौडिने (डोको क्यारी रन प्रतियोगिता) सम्पन्न भएको छ । प्रतियोगितामा एक महिला सहित ३२ जनाले सहभागिता जनाएका थिए ।
उनीहरुले टाउकोमा नाम्लो लगाएर पिठ्यूँमा १५ किलो बालुवा सहितको डोको बोकेर १३ किलोमीटर दौडिएका थिए ।
प्रतियोगितामा फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बू पहिलो भएका थिए । यस्तै मैवाखोलाका प्रकाश लिम्बू र फक्ताङलुङका छत्रबहादुर कार्की क्रमशः दोश्रो र तेश्रो भए । प्रथम हुनेलाई ३० हजार, दोश्रा हुनेलाई २० र तेश्रो हुनेलाई १० हजार रुपैँया नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियाे ।
मौलिक सीप र वस्तुको प्रयोग हराउँदै गएका बेला कृषि, पर्यटन र उद्योगको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले प्रतियोगिता आयोजना गरेको महासंघका अध्यक्ष राजेन्द्र भारतीले बताए ।
गाउँघरमा दाउरा, घाँसपात र पानीको गाग्री बोक्न प्रयोग हुने परम्परागत साधन डोकोलाई दौड प्रतियोगितामा समेत प्रयोग गरिँदा यसले आम दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने दौडको अवलकोन गरिरहेकाहरुले बताए ।

प्रकाशित मिति: चैत्र २६ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend