धरानः कोशी प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ ।
कोशी प्रदेशमा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । अमेरिकन जियोलोजिकल सर्भेका अनुसार आज बिहान ५ः५० बजे भारतको बिहार राज्य केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । भारतको बिहार राज्यस्थित पूर्णिया जिल्लाको बनमनखी बजार आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको र कोशी प्रदेशमा पनि धक्का महसुस गरिएको मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसारबिहान ५ बजेर ५० मिनेट जाँदा भूकम्प गएको हो ।
