Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सगरमाथा आरोहणका क्रममा तीनजनाको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र २९ २०७९, बुधबार
सगरमाथा आरोहणका क्रममा तीनजनाको मृत्यु

धरानः सगरमाथा आरोहणका क्रममा हिम पहिरोमा परी तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा खुम्बु पासाङल्हामु गाउँपालिका ५ छेसोका ३२ वर्षीय तेम्बा तेन्जी शेर्पा, सोही स्थानका २२ वर्षीय लाक्पा रिता शेर्पा र ४५ वर्षीय बादुरे शेर्पा भनिने दा छिरि शेर्पा रहेका छन् ।
खुम्बु आइसफल भत्किएर हिम पहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र २९ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend