धरानः नेपाल शाहसिक जल पर्यटनको विश्वकै एक उत्कृष्ट गन्तव्य हो । नेपालका त्रिशुली, कर्णाली र भोटेकोशी जस्ता नदीहरु जल पर्यटनका लागि विश्वकै उत्कृष्ट १० भित्र पर्ने गन्तव्यहरु हुन् ।
तर सरकार र सम्बन्धित निकायको पर्याप्त ध्यान नपुग्दा अपेक्षा अनुसारको विकास भने हुन सकेको छैन ।
जलविद्युत आयोजना ढुगा, गिट्टी र बालुवाको उत्खनन्ले गर्दा नदीहरु मासिन थालेका छन् । यसले जल पर्यटनलाई अन्यौलमा पारेको छ । पछिल्लो दशक नेपालको जल पर्यटनमा विदेशी पर्यटकको संख्या कम हुँदै गएको छ । तर जल पर्यटनमा स्वदेशी पर्यटकको भने आकर्षण बढ्दै गएको पाइएको छ । स्वदेशी पर्यटकले गर्दा नै जल पर्यटनमा आवद्ध व्यवसायहरुको गुजारा चलेको छ ।
आन्तरिक पर्यटक विवेक बजगाईले आन्तरिक पर्यटन समेत पर्याप्त पूर्वाधार नहुँदा खासै सन्तुष्ट भने देखिदैनन् । खोलाका धारहरु परिवर्तन हुन्छन्, तिनीहरुलाई नियन्त्रण गर्न स्थानीय सरकारले खेल्नुपर्ने भूमिका खेलेको नपाएको बताए । उनले भने(‘स्टेनशन यात्राको रुपमा यसलाई विकास गरेर लानुपर्छ, बस यात्रा गर्दा हामीले स्टेन भेट्छौ ।’
नेपालमा जल पर्यटनको शुरुवात सन १९७० को दशकमा शुरु भएको मानिन्छ । नेपाल शाहसिक जल पर्यटनको लागि विश्वमै उत्कृष्ट गन्तव्यमा पर्दछ । यहाँका भू वनौट, नदी, यसको वहाव सहासीक जल पर्यटनको लागि सम्भावना बढी छ । तर नेपालमा जल पर्यटनको अथाहा सम्भावना भएर पनि विकास भने हुन सकेको छैन । नेपालले जल पर्यटनबाट लिनुपर्ने लाभ लिन पाएको छैन । उचित प्रचारप्रसारको कमीदेखि लिएर राज्यको ध्यान समेत पर्याप्त नपुगेकोप्रति आन्तरिक पर्यटकहरु अचम्मित बन्ने गरेका छन् ।
आन्तरिक पर्यटक अमृत पोख्रलले जल पर्यटन एड्भेन्जर टुरिजममा पर्ने भएपनि नेपालमा धेरै सम्भावना हुँदा हुँदै पनि प्रचारप्रसादको कमी रहेको बताए । उनले आउने बाटोदेखि लिएर जल पर्यटन गर्दा हुने जोखिमपूर्ण यात्रालाई जोखिम कम गर्न खोलामा भएका बीचबीचमा भएका ढुंगा हँटाउनेदेखि लिएर त्यसलाई प्रवद्र्धन गर्ने कुरामा धेरै कमी भएको बताए ।
तमोर नदीमा र्याफ्टिङमा सन् २०१८ सालमा एक पटक आइसकेका कविन श्रेष्ठले .पाँच बर्षको अन्तरालमा पनि केही फरक नपाइएको बताए । यहाँ स्थानीय सरकार, प्रदेश सरकार सबै मिलेर बाटो घाटोको सुविधा, ढुंगाको व्यवस्थापनमा सबै लागे जलपर्यटनमा नेपाल उत्कृष्ट हुने बताए ।
अहिले कोशी प्रदेशको धनकुटास्थित मुलघाटबाट तमोर नदीमा ¥याफ्टिङका लागि पुग्नेहरुमध्ये पनि आन्तरिक पर्यटक नै बढी छन् । मुलघाटबाट ३४ किलोमिटरको जलयात्रा गरी सुनसरीको चतरासम्म पु¥याउने गरिएको छ । तर तमोर नदीमा र्याफ्टिङ गराउदै आएकाहरु यहाँ धेरै समस्या भएको गुनासो पोख्ने गर्छन् ।
सेतु एड्भेन्जरका सञ्चालक जीवन शिलवालले जलयात्रालाई सहज बनाउन आफ्नो तरिकाबाट भरपुर कोशिश गरेको बताए ।
उनले भने ‘यो जल यात्रा ३४ किलोमिटर हो, यसमा दुई दिनको क्याम्पिङ गर्दै ३४ किलोमिटरमध्ये आधा भाग एक दिन र आधा भाग भोलिपल्ट गराउँछौं ।’ उनले सरकारबाट जलयात्राको सम्भावना बढी भएपनि बजेट सोचेजस्तो नछुटिएको बताए । उनले भने(‘मैले सुनेको थिएँ, प्रदेशबाट बजेट छुट्याएको छ मुलघाटलाई, तीन ठाउँको लागि बजेट छुट्याएको भन्ने सुनेको थिएँ, त्यो भयो भने धेरै सहज हुन्छ ।’
उनले वनभोज खान आउनेहरुले गरेको फोहोरका कारण समस्या हुने गरेको बताए । वनभोज खानेहरुले बोतल फ्याक्ने, फुटेको सीसा नदीमा फ्याल्ने यसले गर्दा जलयात्रा जोखिम बनेको बताए ।
जल पर्यटन व्यवसायीरु राज्यको स्पष्ट नीति नहुँदा थप समस्यामा परेको गुनासो पोख्दै आइरहेका छन् । पर्यटन व्यवसायमैत्री नीति अभावका कारण पर्यटन व्यवसायले आशातीन फड्को नसकेको उनीहरुको गुनासो छ ।