मोरङः एक व्यक्तिको मासु अडकिएर मृत्यु भएको छ ।
मोरङको रतुवाइ-९ मा घाँटीमा मासु अडकिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ बङ्गुरको मासु पोलेर खाने क्रममा घाँटीमा मासु अड्किँदा रतुवामाइ-९ का ४८ वर्षीय बेथुलाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । पोलेर खाने क्रममा साँझ ५ बजेतिर माझीको घाँटीमा बंगुरको मासु अड्किएको थियो । माझीलाई आफन्त र परिवारका सदस्यले तत्काल उपचारका लागि उर्लाबारीस्थित अस्पताल लगेका थिए ।
साँझ ७ः५० बजेतिर उपचारका क्रममा उनको अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
