Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तमोरमा माछा मारेर फर्किँदा भीरबाट ढुंगा झरेर लाग्दा मृत्यु

हाम्रो कोशी आवाज
बैशाख २ २०८०, शनिबार
तमोरमा माछा मारेर फर्किँदा भीरबाट ढुंगा झरेर लाग्दा मृत्यु

ताप्लेजुङ: तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर एकको मृत्यु गएको छ ।
आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन लिम्बूले बताए ।

प्रकाशित मिति: बैशाख २ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend