Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशीको पानी ल्याउन बजेट नपरे सांसदलाई धरानमा निषेध गर्ने मेयर साम्पाङको चेतावनी

हाम्रो कोशी आवाज
बैशाख २ २०८०, शनिबार
कोशीको पानी ल्याउन बजेट नपरे सांसदलाई धरानमा निषेध गर्ने मेयर साम्पाङको चेतावनी

धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ)ले बजेटमा कोशीको पानी ल्याउने परियोजना नपरे सांसदहरूलाई धरानमा निषेध गर्ने चेतावनी दिएका छन् ।
उनको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभल्यूशन’ मा स्ट्याटस लेख्दै प्रमुख राईले आफू धरानको नगर प्रमुख हो भन्ने नभुल्न चेतावनी दिएका हुन् ।
‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ ! तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को !,’ उनले लेखेका छन्, ‘ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !’

प्रकाशित मिति: बैशाख २ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend